भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती « Khabarhub

भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताएका छन् ।

दुई सय आठौँ भानु जयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा–साहित्य समितिद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कुलपति उप्रेतीले राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका एकीकरणकर्ता भएजस्तै आचार्यले भाषा–साहित्यका माध्यमबाट एकीकरणको पूर्वाधार तयार गरेको जनाए ।

उनले सांस्कृतिक एकतामा जोड दिँदै प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गराउन पहल गर्दै आएको पनि जानकारी दिए ।

प्रतिष्ठानका पूर्व सदस्यसचिव डा तुल्सीप्रसाद भट्टराईले भानुभक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय नेपाली जगत्मा बहुकोणबाट ख्यातिप्राप्त भएको जनाउँदै भानुभक्तले नेपाली जात र पहिचानलाई चिनाएको बताए । सो अवसरमा प्रा डा ब्रतराज आचार्यले भानुको व्यक्तित्वबारे प्रकाश पार्दै भानुभक्तको लेखनीका माध्यमबाट युवा पुस्तामा साहित्य र भाषाको प्रवर्द्धनमा योगदान पुगेको बताए ।

सहप्राध्यापक प्रभा भट्टराई आचार्यले भानुभक्त आध्यात्मिक र नैतिक चिन्तनयुक्त क्रान्तिकारी कवि भएको बताउनुभयो भने उपप्रा ज्ञानु अधिकारीले नारी दृष्टिकोणबाट हेर्दा भानुको ‘बधूशिक्षा’ केही आलोच्य भए सो कृति समाजको एक चित्र भएको तर्क राखे । समितिका अध्यक्ष डा जानुका नेपालले भाषा साहित्यका क्षेत्रको प्रवर्द्धन र अध्ययन अनुसन्धानका लागि समाजले काम गर्ने बताइन् ।

कार्यक्रममा प्राज्ञ डा देवी नेपाल र गायिका लोचन भट्टराईले भानुका रचना तथा प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव, २०७८ मा प्रथम र तृतीय स्थान हासिल गर्ने कविद्वय कविता राई र प्रकाश सिलवालले पुरस्कृत कविता वाचन गरेका थिए । यस्तै भानुबारे मनमैजु माविका प्रधानाध्यापक रविना महर्जनले निर्माण गरेको भिडियो सामग्री प्रस्तुत गरिएको थियो । आदिकवि आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ३० बजे

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति