दक्षिण कोरियामा कोरोनाको चौथो लहर, बढ्न थाले संक्रमित « Khabarhub

दक्षिण कोरियामा कोरोनाको चौथो लहर, बढ्न थाले संक्रमित


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यहाँका अधिकारीहरुले शनिबार पनि चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका हुन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । गएको २४ घन्टा यता मात्र एक हजार ३७८ जना कोभिडका संक्रमितहरु भेटिएका छन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् । अधिकारीहरुले दक्षिण कोरियामा चार दिनदेखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको बताएका छन् ।

योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६६ हजार ७२२ जना पुगेको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले कोभिडको चौथो लहर शुरु भएको पनि बताएका छन् ।

दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५४ प्रतिशत बढी देखिएको छ ।

यो तथ्यांक आएपछि स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । शनिबार देखिएका यी संक्रमतिहरुमा करिब आधाजति राजधानी सोलकै रहेका पाइएको छ ।

कोरिया सरकारले कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : ५० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६