कोरोनाको खोप उपलब्ध गराउन जि२० देशहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह « Khabarhub

कोरोनाको खोप उपलब्ध गराउन जि२० देशहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि२० का देशहरुलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् ।

विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि २० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताएका हुन् ।

उनले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरुका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गरेका हुन् ।

साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गरेका हुन् ।

जि२० का सदस्य देशहरुका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

उनले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरुलाई आग्रह गरेको जनाइएको छ ।

अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरुका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरुलाई अपिल गरेका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ४८ बजे

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित