प्रचण्डसँगको भेटबारे नेपालको सचिवालयले भन्यो : अन्य विषयमा छलफल भएको छैन | Khabarhub Khabarhub

प्रचण्डसँगको भेटबारे नेपालको सचिवालयले भन्यो : अन्य विषयमा छलफल भएको छैन


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटबारे नेपालको सचिवालय स्पष्ट पारेको छ ।

एमाले कार्यदलले पार्टी विवादलाई सहमतिको अन्तिम टुंगोमा पुर्‍याउँदै गर्दा नेता नेपाल र प्रचण्डबीचको भेटले विभिन्न शंका उब्जाएको अवस्थामा नेपालको सचिवालयले भेटबारे स्पष्ट पारेको हो ।

सचिवालयका तर्फबाट स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा अध्यक्ष प्रचण्ड नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वर पुगेको र अन्य राजनीतिक विषयमा छलफल नभएको स्पष्ट गरिएको छ ।

‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु’, गौतमले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ५४ बजे

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले

आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै

अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

कास्की– पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु,

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका