राष्ट्रपतिलाई पार्टी विवादमा मध्यस्थताका लागि आग्रह गरेको छैन : रावल « Khabarhub

राष्ट्रपतिलाई पार्टी विवादमा मध्यस्थताका लागि आग्रह गरेको छैन : रावल


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी विवादमा मध्यस्थता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् ।

ट्वीटरमार्फत् नेता रावलले राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदनका लागि आफूले आग्रह गरेको भन्ने समाचार मनगढन्ते र भ्रामक भएको बताएका छन् ।

“राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो । राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन,” उनले लेखेका छन् ।

गत शनिबार शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । भेटमा उनले राष्ट्रपतिसँग के विषयमा कुरा गरे भन्नेबारे खुलाएका छैनन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ४१ बजे

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा