चर्को घाममा काम लगाउने कतारका थप १०६ कम्पनी कारबाहीमा | Khabarhub Khabarhub

चर्को घाममा काम लगाउने कतारका थप १०६ कम्पनी कारबाहीमा


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा चर्को घाममा काम लगाउने १०६ कम्पनीलाई कारबाही गरिएको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले १ जुलाई देखि ३१ सम्म गरेको निरीक्षणमा चर्को घाममा काम लगाउने १०६ कम्पनीका साइटलाई कारबाही गएको जनाएको छ ।

कारवाहीमा परेका ती कम्पनीका साइटहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ । कतारमा कम्पनीहरूले विभिन्न साइटहरूको ठेक्का लिई श्रमिकलाई काम लगाउने गर्दछन्।

गत जुनमा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यस्थलको आंशिक वा पूर्ण बन्द हुनबाट जोगिन विभिन्न क्षेत्रका सबै कम्पनीहरूलाई मन्त्रीस्तरको निर्णयको सम्मान गर्नसमेत आग्रह गरेको छ ।

कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म विहान १० देखि ३:३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई दबाब दिएको छ । सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ । यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम छ ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रुपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ । गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएको पाइन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ५५ बजे

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य