चर्को घाममा काम लगाउने कतारका थप १०६ कम्पनी कारबाहीमा « Khabarhub

चर्को घाममा काम लगाउने कतारका थप १०६ कम्पनी कारबाहीमा


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा चर्को घाममा काम लगाउने १०६ कम्पनीलाई कारबाही गरिएको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले १ जुलाई देखि ३१ सम्म गरेको निरीक्षणमा चर्को घाममा काम लगाउने १०६ कम्पनीका साइटलाई कारबाही गएको जनाएको छ ।

कारवाहीमा परेका ती कम्पनीका साइटहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ । कतारमा कम्पनीहरूले विभिन्न साइटहरूको ठेक्का लिई श्रमिकलाई काम लगाउने गर्दछन्।

गत जुनमा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यस्थलको आंशिक वा पूर्ण बन्द हुनबाट जोगिन विभिन्न क्षेत्रका सबै कम्पनीहरूलाई मन्त्रीस्तरको निर्णयको सम्मान गर्नसमेत आग्रह गरेको छ ।

कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म विहान १० देखि ३:३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई दबाब दिएको छ । सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ । यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम छ ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रुपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ । गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएको पाइन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ५५ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा