मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नवलपरासीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

४३ वर्षीय वाग्लेको सोमबार राति साढे ११ बजेतिर भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी रहेका वाग्लेलाई बाटोमा हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार राति ८ बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : २५ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा