१० लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ « Khabarhub

१० लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झण्डै १० लाख रुपैयाँ नेपाली नक्कली नोटसहित रौतहटबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चमरीयाका अनुसार प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले रौतहट ईशनाथ नगरपालिका–४ मा रहेको कालिमन्दिर नजिकैबाट चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : २५ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर