सेना फिर्ता भए पनि हामी अफगानिस्तानको साथमा हुन्छौँ : अमेरिकी विदेशमन्त्री « Khabarhub

सेना फिर्ता भए पनि हामी अफगानिस्तानको साथमा हुन्छौँ : अमेरिकी विदेशमन्त्री


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथमै रहने बताएका छन् ।

उनले सेना फिर्ता लिए पनि अफगानिस्तानमा आफ्ना विभिन्न कार्यक्रम रहेको र विकास निमार्णका कार्यक्रम र तीनको सुरक्षा अमेरिकाले नै लिने बताए ।

‘हामीसँग त्यहाँ एक बलियो दूतावास मात्र होइन, महत्वपूर्ण कार्यक्रमहरु छन्, जसले विकास र सुरक्षा सहायताको माध्यमबाट देशलाई आर्थिक सहयोग गर्दछ’, ब्लिन्केनले नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशंकरसंग कुराकानीमा भने ।

शीर्ष अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनलाई अफगानिस्तानको बारेमा गरिएको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् । अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेसँगै अफगानिस्तानको अवस्था बिग्रिरहेको छ ।

तालिबानी समूहले अफगानिस्तानका धेरै शहरहरुमा आक्रमण गरि कब्जासमेत गरेको छ ।

गत मंगलबार तालिबान नेता मुल्ला बरादर अखुन्दले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेर बेइजिङलाई अफगानिस्तानमा आफ्नो प्रभुत्व विस्तार गर्न सहयोग मागेका थिए ।

यही समयमा भारत पुगेका अमेरिकी विदेशमन्त्रीले आफूले अफगानिस्तानमा शान्तिबाहेक अरु केही हेर्न नचाहेको चेतावनीसमेत दिएका हुन् ।

‘बलले देश कब्जा गर्नु र जनताको अधिकारको दुरुपयोग गर्नु शान्तिको उद्देश्यहरु हासिल गर्ने बाटो होइनन्, एउटा मात्र बाटो छ र त्यो हो शान्तिपूर्ण रुपमा द्वन्द्व समाधान गर्न वार्ताको टेबुलमा आउनु’, उनले भने ।

भारतीय विदेशमन्त्री एस जयशंकर र ब्लिन्केन दुबैले एक संयुक्त प्रेस सम्मेलनमा अफगानिस्तानमा शान्ति वार्ताको महत्वलाई जोड पनि दिएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक