सेना फिर्ता भए पनि हामी अफगानिस्तानको साथमा हुन्छौँ : अमेरिकी विदेशमन्त्री « Khabarhub

सेना फिर्ता भए पनि हामी अफगानिस्तानको साथमा हुन्छौँ : अमेरिकी विदेशमन्त्री


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथमै रहने बताएका छन् ।

उनले सेना फिर्ता लिए पनि अफगानिस्तानमा आफ्ना विभिन्न कार्यक्रम रहेको र विकास निमार्णका कार्यक्रम र तीनको सुरक्षा अमेरिकाले नै लिने बताए ।

‘हामीसँग त्यहाँ एक बलियो दूतावास मात्र होइन, महत्वपूर्ण कार्यक्रमहरु छन्, जसले विकास र सुरक्षा सहायताको माध्यमबाट देशलाई आर्थिक सहयोग गर्दछ’, ब्लिन्केनले नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशंकरसंग कुराकानीमा भने ।

शीर्ष अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनलाई अफगानिस्तानको बारेमा गरिएको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् । अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेसँगै अफगानिस्तानको अवस्था बिग्रिरहेको छ ।

तालिबानी समूहले अफगानिस्तानका धेरै शहरहरुमा आक्रमण गरि कब्जासमेत गरेको छ ।

गत मंगलबार तालिबान नेता मुल्ला बरादर अखुन्दले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेर बेइजिङलाई अफगानिस्तानमा आफ्नो प्रभुत्व विस्तार गर्न सहयोग मागेका थिए ।

यही समयमा भारत पुगेका अमेरिकी विदेशमन्त्रीले आफूले अफगानिस्तानमा शान्तिबाहेक अरु केही हेर्न नचाहेको चेतावनीसमेत दिएका हुन् ।

‘बलले देश कब्जा गर्नु र जनताको अधिकारको दुरुपयोग गर्नु शान्तिको उद्देश्यहरु हासिल गर्ने बाटो होइनन्, एउटा मात्र बाटो छ र त्यो हो शान्तिपूर्ण रुपमा द्वन्द्व समाधान गर्न वार्ताको टेबुलमा आउनु’, उनले भने ।

भारतीय विदेशमन्त्री एस जयशंकर र ब्लिन्केन दुबैले एक संयुक्त प्रेस सम्मेलनमा अफगानिस्तानमा शान्ति वार्ताको महत्वलाई जोड पनि दिएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको