गर्मीमा फ्रिजको पानी पिउनु कति स्वस्थकर ? « Khabarhub

गर्मीमा फ्रिजको पानी पिउनु कति स्वस्थकर ?


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिलेको मौसममा गर्मीले औडाहा भएपछि चिसो पेय वा फ्रिजको पानी पिउनु सामान्य कुरा हो । फ्रिजमा चिसो पारीएको पानीले तत्काल हामीलाई आनन्द आउँछ । तर यसरी पिएको पानी नै हाम्रालागि कालान्तरमा स्वास्थ्य समस्याको कारण बन्न सक्छ । के के छ त फ्रिजको चिसो पानी पिउनुको हानी ?

१. चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ । श्वासनलीको सुरक्षार्थ हुने पत्रमा कफ जम्मा हुँदै जाँदा विभिन्न संक्रमण हुन पुग्छ । यसले घाँटी खराब हुने खतरा बढाउँछ ।

२. मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । जब कुनै चिसो चिज पिइन्छ तब त्यसलाई सामान्य तापक्रममा बदल्न शरीरको ऊर्जा खर्च हुन्छ । खाएको पदार्थ पचाउन र पोषक तत्व शोषणका लागि प्रयोग हुनुपर्ने ऊर्जा अन्यत्र खर्च हुँदा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

३. बरफ वा चिसो पानी पिउँदा मुटुको गति कम हुने खतरा पनि रहन्छ । चिसो पानीले ‘भेगस नर्भ’ उत्तेजित पार्छ । भेगस नर्भको काम शरीरको पराधीन कामलाई नियन्त्रित गर्नु हो । यसले मुटुको गति कम गर्न मध्यस्थता गर्छ । चिसो पानीले भेगस नर्भ उत्तेजित पारेपछि मुटुको गति कम हुन थाल्छ ।

४. फ्रिजमा राखिएको अत्यधिक चिसो पानी पिउँदा पाचन प्रक्रियामै बाधा उत्पन्न हुन्छ । चिसो पानीले रक्तबाहिनी नली खुम्चिन पुग्छ । यसले पाचन पक्रिया गति सुस्त बनाउँछ । खाएको कुरा ठीक तरिकाले पाचन भएन भने खानामा भएका पोषक तत्व शरीरले पाउँदैन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ३९ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३