अभिनेत्री सरन्या शशीको निधन « Khabarhub

अभिनेत्री सरन्या शशीको निधन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– मलयालम फिल्म र टेलिभिजनकी अभिनेत्री सरन्या शशीको सोमबार तिरुवनंतपुरमको एक निजी अस्पतालमा निधन भएको छ । उनलाई कोरोना संक्रमण भएपछि शरीरमा विभिन्न समस्या देखिएको थियो ।

उनी ३५ वर्षकी थिइन् । परिवारका अनुसार उनी कैयौं वर्षदेखि ब्रेन ट्युमरबाट पीडित थिइन् । ब्रेन ट्युमर भएपछि उनको कैयौं पटक सर्जरी गरिएको थियो ।

सरन्यालाई गत मेमा कोरोना संक्रमण भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिउो । यद्यपि केही साता पछि उनको रिपोर्ट नेगेटिभ आए पनि उनमा निमोनिया र श्वाससहित अन्य समस्या यथावत नै थियो । पछिल्लो केही साता उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

सरन्यालाई सन् २०१२ मा ब्रेन ट्युमर देखिएको थियो । ट्युमरपछि उनको करियरमा ओरालो लागे पनि आफ्नो मानसिक शक्ति बढाउनका लागि उनले क्यान्सरबाट बाँचेका मानिसका लागि रोल मोडलका रुपमा काम गर्न थालिन् ।

सरन्याले ‘छोटा मुम्बई’, ‘थलप्पावु’, ‘बम्बे १२ मार्च’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : १५ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान