अभिनेत्री सरन्या शशीको निधन « Khabarhub

अभिनेत्री सरन्या शशीको निधन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– मलयालम फिल्म र टेलिभिजनकी अभिनेत्री सरन्या शशीको सोमबार तिरुवनंतपुरमको एक निजी अस्पतालमा निधन भएको छ । उनलाई कोरोना संक्रमण भएपछि शरीरमा विभिन्न समस्या देखिएको थियो ।

उनी ३५ वर्षकी थिइन् । परिवारका अनुसार उनी कैयौं वर्षदेखि ब्रेन ट्युमरबाट पीडित थिइन् । ब्रेन ट्युमर भएपछि उनको कैयौं पटक सर्जरी गरिएको थियो ।

सरन्यालाई गत मेमा कोरोना संक्रमण भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिउो । यद्यपि केही साता पछि उनको रिपोर्ट नेगेटिभ आए पनि उनमा निमोनिया र श्वाससहित अन्य समस्या यथावत नै थियो । पछिल्लो केही साता उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

सरन्यालाई सन् २०१२ मा ब्रेन ट्युमर देखिएको थियो । ट्युमरपछि उनको करियरमा ओरालो लागे पनि आफ्नो मानसिक शक्ति बढाउनका लागि उनले क्यान्सरबाट बाँचेका मानिसका लागि रोल मोडलका रुपमा काम गर्न थालिन् ।

सरन्याले ‘छोटा मुम्बई’, ‘थलप्पावु’, ‘बम्बे १२ मार्च’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : १५ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को