नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड « Khabarhub

नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार बिहान नेविसंघ र अखिलका क्रान्तिकारी संघका विद्यार्थी नेता तथा कार्यकर्ताहले बुटवल स्थित लुम्बिनी वाणिज्य क्यामपसमा तोडफोड गरेका छन् ।

मोटरसाइकलमा आएको समूहले क्याम्पसको लेखा शाखा, परीक्षा शाखालगायतका कार्यालयमा रहेका कम्प्यूटर दराज लगायत समान तोडफोड गरेको क्याम्पस प्रमुख प्रा.डा ताराप्रसाद उपाध्यायले बताए ।

तोडफोडबाट करिब ७ देखि १० लाख रुपैयाँसम्मको क्षति पुगेको उनको भनाइ छ । विभिन्न माग राख्दै आएका विद्यार्थी संठगनहरुले यसअघि पनि क्पाम्पसमा तालाबन्दी गरेका थिए ।

उपाध्यायका अनुसार लुम्बिनी वाणिज्य क्याम्पसको २०६६ सालको विधान बमोजिम दीर्घकालिन योजना अनुसार क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने कार्ययोजना रहेको थियो ।

सोही योजना अन्तर्गत २०७७ सालमा क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने काम अघि बढेको थियो ।

त्यसपछि क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्नुहुँदै पुरानै ढर्रामा सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उर्तिएको क्याम्पस प्रमुख उपाध्यायले बताए ।

उनका अनुसार अहिले क्याम्पसले त्रिभूवन विश्वविद्यालयको स्वायत्तता २०६३ र संसोधन ०६३ बमोजिम हामीले त्रिविका कार्यक्रमहरु नियम अनुसार सञ्चालन गरिरहेको छ । संगठनले यी सबै कुरा खारेज गर्नुपर्ने र संस्थालाई पुरानै ढर्रामा चलाउनु पर्ने माग राखेका छन ।

उनले भने,‘ क्याम्पसलाई विश्वविद्यालयमा रुपमान्तरण गर्ने विषयमा क्याम्पस पछि हट्दैन । क्याम्पस आफ्नो लक्ष्यमा अघि बढ् छ ।’

सबै विद्यार्थीले पढ्न पाउनुपर्छ भन्ने सवालमा क्याम्पसको विमती नरहेको उनले बताए ।

क्याम्पस विश्वविद्यालयमा रुपान्तरण भइसकेपछि नयाँ कोर्स ल्याउन पनि सहज हुने उनले बताए । विद्यार्थीका मागमा छलफल गर्न बस्न आग्रह गर्दा पनि वास्ता नगर्ने र सरकारी सम्पत्तिमा तोडफोड गर्ने कार्य निन्दनीय भएको उनले बताए ।

विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसका पठनपाठन चलाउन र एमबीए, बीबीए, एमबीएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै केही समयदेखि आन्दोलनरत छन् । विद्यार्थीले राखेका मागमा क्याम्पस दोस्रो पटक बस्दा पनि विद्यार्थी संगठनहरुले खासै चासो नदेखाएको उनले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ०० बजे

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत