कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाही, जग्गा र बैंक खाता रोक्का « Khabarhub

कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाही, जग्गा र बैंक खाता रोक्का


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाहीस्वरूप कारोवार, बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए ।

पाँच लाखसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारवाही अघि बढाइएकामा आर्थिक वर्ष २०७७/७८ मा ३५ जना करदाताबाट रु पाँच करोडभन्दा बढी बक्यौता असुली भएको प्रमुख खतिवडाले बताए । मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ ।

यसैबीच कोभिड–१९ को सङ्क्रमण र जनशक्तिको अभावका बाबजुद कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । तत्कालीन सगरमाथा अञ्चलको छ वटा जिल्लामा कार्यक्षेत्र बनाएको कार्यालयले आव २०७७/७८ मा रु तीन अर्ब छ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा करिब १०८ प्रतिशत अर्थात रु तीन अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख खतिवडाले बताए ।

उनका अनुसार आव २०७७/७८ मा आयकरतर्फ रु एक अर्ब ६३ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब आठ करोड र अन्तःशुल्कतर्फ रु ५९ करोड आठ लाख राजस्व सङ्कलन भएको छ । यो गत आर्थिक आर्थिक वर्षको तुलनामा १७ प्रतिशत बढी राजस्व सङ्कलन हो ।

गत आव २०७६/७७ मा रु तीन अर्ब ४५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा करिब ८१ प्रतिशत अर्थात रु दुई अर्ब ८१ करोड राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८४२ व्यवसायी र २० हजार ८४४ व्यक्तिगत नयाँ प्यान दर्ता भएको जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा करदाता शिक्षा कार्यक्रमअन्तर्गत छ वटै जिल्लामा आर्थिक ऐन, २०७७/७८ ले प्रदान गरेको करसम्बन्धी छुट तथा सुविधाबारे सचेतना कार्यक्रम सञ्चालन गरेपछि जनशक्ति अभाव र कोभिड–१९ को सङ्क्रमणका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख खतिवडाको भनाइ छ ।

कार्यालयमा छ जना कर अधिकृतको दरबन्दीमा चार जना र १० जना नायब सुब्बाको दरबन्दीमा तीन जना कर्मचारी मात्र कार्यरत रहँदा कार्यालयको कामकाज प्रभावित हुँदै आएको जनाइएको छ । दरबन्दी अनुसारको कर्मचारी पठाइदिन पटकपटक आग्रह गर्दै आए पनि अझै कर्मचारी नपठाउँदा समस्या भइरहेको प्रमुख खतिवडाले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ५० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार