अर्थमन्त्री जनार्दन शर्माले सरकारको यर्थाथपत्र सार्वजनिक गर्दै « Khabarhub

अर्थमन्त्री जनार्दन शर्माले सरकारको यर्थाथपत्र सार्वजनिक गर्दै


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन् ।

प्रतिनिधिसभाको बैठक आज अपरान्ह् १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यर्थाथपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गरेको बताए।

अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमका बारेमा जानकारी दिने उद्देश्यले यर्थाथपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसकेका छन् ।

उनले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि पहिलो पटक श्वेतपत्र नभनीकन यर्थाथपत्र सार्वजनिक गर्न लागिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ३८ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश