राजश्व विभागको स्टीकरसहित ३ भारतीय र २ नेपाली पक्राउ « Khabarhub

राजश्व विभागको स्टीकरसहित ३ भारतीय र २ नेपाली पक्राउ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुमार र सोही ठाउँका २० वर्षीय रिङ्कु कुमार र २२ वर्षीय सुरेश कुमार छन् ।

यसैगरी रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुप्ता पनि पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिकाबाट सुरुमा प्रहरीले ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा दुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजश्व विभागको स्टीकर फेला पारेर संजित र रिङ्कुलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा गौरीगंगा नगरपालिका–७ को मसुरियामा रहेको वेष्टर्न लिकर्स प्रालीबाट ल्याएर कोठामा छाप लगाउन लगेको भन्ने सूचनापछि खानतलासी गर्दै त्यहाँ बस्ने थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त कोठाबाट प्रहरीले ७० युपी ३०० एमएल लेखिएको ३ थान छाप, ३ थान स्ट्याम्प प्याड र मसीसमेत बरामद गरेको छ । अहिले आन्तरिक राजश्व कार्यालय कैलालीसँगको समन्वयमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेर अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

पक्राउ परेका पाँच जनासहित बरामद भएका सबै सामान आन्तरिक राजश्व कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै