प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने– आगो निभाउने तरिका हामीसँग छ « Khabarhub

प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने– आगो निभाउने तरिका हामीसँग छ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

केहीदिन पहिलाको संसद बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफू आगो भएको र आगोसँग नखेल्न एमालेलाई चुनौती दिएका थिए । जवाफमा आजको संसद बैठकमा अध्यक्ष ओलीले आगो निभाउन एमालेले तरिका थाहा भएको बताए ।

प्रचण्डलाई जवाफ दिदै अध्यक्ष ओलीले भने, ‘एकजनाले भन्नुभयो म आगो हो मसँग नखेल । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ । कसरी पानी खन्याउने हामीलाई थाहा छ ।’

सरकार गठन भएको एक महिनामै एमालेलाई धम्क्याउन खोजेको भन्दै अध्यक्ष ओलीले कसैसँग नडराउनेसमेत चेतावनी दिए । उनले भने, ‘प्रतिपक्षीलाई धम्क्याउने ? म आगो हुँ । मसँग नखेल । धम्की ? प्रतिपक्षलाई गाली गरेर सत्तोसराप गरेर राष्ट्रिय सहमति ?’

सरकारको न्यूनतम साझा कार्यक्रमलाई सडकमा बाँडिएको कागज भन्दै अध्यक्ष ओलीले त्यसको कुनै अर्थ नरहेको समेत बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : २५ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई