संसदमा ओलीको प्रश्न– एमसीसी पास गर्ने कि के गर्ने ? | Khabarhub Khabarhub

संसदमा ओलीको प्रश्न– एमसीसी पास गर्ने कि के गर्ने ?


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका बारेमा सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीका बारेमा कुनै पनि विषय समावेश नभएको बताए । उनले एमसीसी पास गर्ने वा के गर्ने भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।

उनले भने, ‘साझा कार्यक्रममा साना मसिना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो । एमसीसीका बारेमा संयुक्त सरकारको साझा कार्यक्रममा खै ? एमसीसी बिर्सिनुभयो कि के हो ? एमसीसी मैले त देखिन ।’

आफुले बोलेका केही क्लिप देखाएर एमसीसी पारित गर्ने वातावरण बनाउन खोजेको समेत उनले बताए । उनले भने, ‘केपी ओलीले एमसीसी पारित गनुपर्छ भनेर मेरो क्लीप खोजेर वातावरण बनाउन खोज्ने ? एमसीसी के गर्नुहुन्छ ? भन्नुपरेन । नेपाली जनताले जान्न चाहेको छ, के गर्नुहुन्छ एमसीसी ?’

अहिलेको सत्तारुढ दलसँग १ सय ६५ सांसद रहेको भन्दै गठबन्धनको धारणा आउनुपर्ने समेत बताए । उनले भने, ‘ तपाईसँग १ सय ६५ को सवल जथ्थाले के भन्छ ? पास गर्ने वा के गर्ने ? सरकारमा त जस्केलाबाट जानुभयो, सबैकुरामा जस्केलाबाट छिर्ने काम नगरौँ ।’

अध्यक्ष ओलीले भारतसँग कुटनीतिक वार्ता गरेर लिम्पियाधुरा, कालापानीका विषयमा समेत स्पष्ट कुरा गर्ने विषय साझा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको आलोचना गरे ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ३४ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको