दार्चुला घटनाबारे यथासक्य चाँडो संसदलाई जानकारी गराउनू– सभामुख | Khabarhub Khabarhub

दार्चुला घटनाबारे यथासक्य चाँडो संसदलाई जानकारी गराउनू– सभामुख


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा एसएसबीले तुइन काटेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको संसदलाई सत्यतथ्य जानकारी गराउन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले दार्चुला घटनाबारे संसद्लाई यथासक्य चाँडो जानकारी दिन सभामुखले सरकारको ध्यानाकर्षण गराए ।

यसअघि बैठकमा सांसदहरूले दार्चुला घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका थिए ।

सभामुख सापकोटाले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

साउन १५ गते गाउँबाट सदरमुकाम खलंगा जाने क्रममा एसएसबीले तुइन काटिदिदा जयसिंह धामी बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । उक्त घटनको छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ४६ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका