ट्राफिक प्रहरीद्वारा ‘नो हर्न स्टिकर अभियान’ शुरु « Khabarhub

ट्राफिक प्रहरीद्वारा ‘नो हर्न स्टिकर अभियान’ शुरु


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘नो हर्न’ अभियानको प्रभावकारी कार्यान्वयनका लागि ट्राफिक प्रहरीले आजदेखि ‘नो हर्न स्टिकर अभियान’ शुरु गरेको छ ।

२०७४ वैशाख १ देखि काठमाडौँ उपत्यकामाहर्न निषेधित क्षेत्र घोषणा गरिए पनि पछिल्लो समय क्रमशः हर्नको प्रयोगमा बृद्धि हुँदै गएपछि प्रहरीले ‘नो हर्न स्टिकर अभियान’ शुरु गरेको हो ।

उक्त स्टिकर चालकले देख्ने गरी अगाडिको सिसामा टासिएको ट्राफिक महाशाखाले जनाएको छ ।

नो हर्न अभियानलाई थप कडाई गर्न आजैबाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरी अभियानलाई शुरु गरेको हो ।

जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पूर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ५५ बजे

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा