उपचुनाव भए पदमुक्त कर्णालीका चारै नेतालाई जिताउने नेता नेपालको आश्वासन « Khabarhub

उपचुनाव भए पदमुक्त कर्णालीका चारै नेतालाई जिताउने नेता नेपालको आश्वासन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् ।

मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसलाई उपचुनाव भए जिताउने आश्वासन दिएका हुन् ।

कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ छ ।

उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’

कार्यक्रममा उनले अब कोह‍ीसँग पनि हेपिएर नबस्ने, कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताए । उनले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने पनि जिकिर गरे । उनले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अडिग रहने आफ्नो अठोट रहेको बताए ।

त्यस्तै माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी विभाजन गर्ने विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइई र कक्षा १२ उतीर्ण गरी चिकित्सा शिक्षा आयोगदवार लिइएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट छात्र आंशिक झालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : ४६ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई