बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा « Khabarhub

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा पुगेको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा पुगेको हो ।

भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।

नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ ।

टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङलगायतले स्वागत गरेका थिए ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहने छन् ।

टोलीको प्रशिक्षणलाई लक्ष्य गरी कास्की जिल्ला फुटबल सङ्घले रङ्गशालामा आवश्यक सबै तयारी पूरा गरिएको छ । फुटबल रङ्गशालामा दुवो कटान, मैदान मार्किङलगायतका काम सम्पन्न गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष गुरुङले जानकारी दिए ।

टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउनेछन् ।

राजधानी बाहिर पर्यटकीय शहर पोखरामा सञ्चालन हुने प्रशिक्षणले खेलाडीलाई शारीरिक र मानसिकरुपमा तयार बन्न र उच्चस्तरको खेल प्रतिभा देखाउन सक्षम बनाउने विश्वास लिइएको छ । टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेल मैदान र सहारा एकेडेमीको मैदानमा अभ्यास गर्नेछ ।

यसअघि गत वर्ष माघमा तीन साता राष्ट्रिय टोलीको पोखरामा बन्द प्रशिक्षण सञ्चालन भएको थियो । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको प्रतियोगिता अघि टोली पोखरा आएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : १२ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने