तोकिएको समयमा हुन नसके 'विशेष महाधिवेशन'मा जानुपर्ने कांग्रेस जिल्ला सभापतिहरुको निष्कर्ष | Khabarhub Khabarhub

तोकिएको समयमा हुन नसके ‘विशेष महाधिवेशन’मा जानुपर्ने कांग्रेस जिल्ला सभापतिहरुको निष्कर्ष


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरुले तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने जनाएका छन् ।

दुई दिनसम्म काठमाडौंमा चलेको भेलापछि मंगलबार वरिष्ठ नेता रामचन्द्र पाडैलपक्ष नेताहरुसँग छलफल गर्दै काँग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।

उनले अहिले देखिएको क्रियाशील सदस्यता विवादलाई विधि र विधानअनुसार समाधान गर्नुपर्ने धारणा राखे । तोकिएको समयमा नै महाधिवेशन हुन नसके १३ औँ महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरौँ भन्ने रहेको उनले बताए ।

क्रियाशील सदस्यता विवादबारे पनि पार्टी केन्द्रीय समितिको बैठकको निर्णयअनुसार विवाद भएका ठाउँमा प्रक्रिया पुर्‍याएर क्रियाशील सदस्यता दिने र १३ औं महाधिवेशनको क्रियाशील सदस्यबाट अहिले अधिवेशन गर्दा समस्या समाधान हुन्छ भन्ने आफूहरुको ठहर रहेको उनले बताए ।

उनीहरुले जनतालाई महशुस हुनेगरी कांग्रेस नेतृत्वको सरकारले काम गर्नुपर्ने बताए । सभापतिहरुको भेलाको निष्कर्ष बुधबार सार्वजनिक गरिने केसीले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ३१ बजे

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको

बाढीपहिरो अपडेट : अहिलेसम्म २४४ जनाको मृत्यु, १९ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगै