यान्त्रिक पुल बनाएर सहज आवतजावतको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

यान्त्रिक पुल बनाएर सहज आवतजावतको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरोका कारण बिच्छेद भएका सडकसञ्जालको तत्काल मर्मत गरि सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको बिपद् जोखिम न्युनीरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौ बैठकमा प्रधानमन्त्री देउवाले बाढीका कारण पुलहरु बगाएको र सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको भन्दै ततकाल यान्त्रिक पुल बनाएर सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशन दिएका हुन् ।

त्यस्तै बाढी र पहिरोका कारण समस्यामा परेका सर्वसाधारणलाई आवास लगायत खाधान्नको उचित प्रबन्ध गर्न पनि निर्देशन प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले अझै मनसुनको समय बाँकी रहेको र आउन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्रोत साधन सहित चुस्त अवस्थामा रहने निर्णय भएको बताए ।

मनाङ, मेलम्ची लगायतका स्थानमा तत्काल चारवटा यान्त्रिक पुल बनाउनका लागि नेपाली सेनासहितको टोली परिचालन गर्ने निर्णय बैठकले गरेको उहाले जानकारी दिए ।

गोरखा, मनाङ, बाजुरा लगायतका स्थानमा खाधान्न, त्रिपाल, औषधी लगायतका सामाग्री तत्काल लैजाने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा मनसुनयता प्राकृतिक प्रकोपबाट भएका क्षतिका बारेमा छलफल भएको उहाले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ५२ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको