टीभीएस थ्री ह्वीलरको तीन पांग्रे ड्युराम्याक्स प्लस नेपालमा « Khabarhub

टीभीएस थ्री ह्वीलरको तीन पांग्रे ड्युराम्याक्स प्लस नेपालमा


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टीभीएस थ्री ह्वीलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले तीन पांग्रे टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ।

कम्पनीले काठमाडौंमा आयोजित वार्षिक डिलर भेला कार्यक्रममा टेम्पो सार्वजनिक गरेको हो।

टीभीएस ड्युराम्याक्स प्लसमा इन्जिन ४ स्ट्रोक र लिक्विड कुल्ड प्रविधिको छ। शक्तिशाली २२५ सिसी इन्जिन जडित यो टेम्पु इलेक्ट्रिक तथा हात दुवै प्रकारबाट स्टार्ट गर्न सकिन्छ।

४७५० आरपीएममा ७ .५ किवाको अधिक शक्ति प्रदान गर्ने र २२७५ आरपीएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएकाले यो टेम्पु चलाउन सजिलो हुनाका यात्रुले समेत आरामको अनुभव लिन सक्ने दाबी कम्पनीको छ।

टीभीएस ड्युराम्याक्स प्लसको माइलेज प्रतिलिटर ३० किमिभन्दा बढी रहेको कम्पनीको दाबी छ।

बिक्रीपछिको सम्पूर्ण सुविधा सहज रुपमा उपलब्ध रहेको टीभीएस ड्युराम्याक्सको बजार मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ०५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय