यसरी चिन्नुहोस् प्लास्टिकको चामल « Khabarhub

यसरी चिन्नुहोस् प्लास्टिकको चामल


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

प्लाष्टिकको चामलका बारेमा सामाजिक सञ्जाल, समाचार र अन्यत्रबाट सुन्नु, देख्नु भएको होला । प्लाष्टिकको चामल कतै आफैले किनिएको त छैन भनेर डर पनि लाग्ला । यस्तोमा प्लाष्टिकको चामल र सक्कली चामल कसरी छुट्याउने त ?

सक्कली र नक्कली चामल उस्तै देखिन्छ । तर नक्कली चामल अर्थात प्लाष्टिकको चामल स्वास्थ्यकालागि निकै हानिकारक हुन्छ । प्लाष्टिकमा फ्याथालेट्स रसायन हुन्छ जसले हर्मोनमा असर पुर्याउने गर्दछ र प्रजनन प्रणालीमा असर पार्दछ । यसका साथै पेटको विभिन्न समस्या निम्त्याउने गर्दछ । तसर्थ प्लाष्टिकको चामल यसरी छुट्याउनु होस् ।

१. थोरै चामल लिने र त्यसमा सलाईको काँटीले आगो लगाउने । यदि त्यसबाट प्लाष्टिक जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।

२. एउटा चम्चामा तेललाई तातो बनाउने र त्यसमा चामल हाल्ने । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ । सक्कली भरे चामल तारेको जस्तो हुन्छ ।

३. एक चम्चा चामललाई एक ग्लास पानीमा हाल्नुहोस् र मिक्स गर्नुहोस् । प्लाष्टिकको चामल पानीमा तैरिन्छ । सक्कली चामल डुब्दछ ।

४. थोरै चामल पकाउने । यदि पकाएको भाडोको पिँधमा कुनै पत्र जमेको देखियो भने यो प्लाष्टिकको चामल हुनसक्छ । सामान्य चामलको भात टासिँदैन ।

५. माथि भनिए बमोजिम गर्दा पनि छुट्याउन सकिएन भने पकाएको चामलको भातलाई केहि दिन अलग्गै छोपेर राख्नुहोस् । यो कुहिएन, गन्हाएन भने नक्कली प्लाष्टिकको चामल हुनसक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ०३ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना