राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्ने पक्षमा छौँ– प्रचण्ड | Khabarhub Khabarhub

राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्ने पक्षमा छौँ– प्रचण्ड


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शुक्रबार बिहान खुमलटार पुगिन्।

प्रचण्ड निवास ललितपुरको खुमलटारमा शुक्रबार बिहान झण्डै एक घण्टा भएको भेटमा सुमारले एमसीसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी थिइन्।

जवाफमा प्रचण्डले आफूहरू राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्ने पक्षमा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ। सत्तारुढ गठबन्धनमा पनि एकमत बनाएर अघि बढ्ने विषयमा आफूहरू प्रयासरत रहेको प्रचण्डको भनाइ थियो।

फतिमाले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : ४५ बजे

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौं- व्यवसायी एवम् भाटभटेनी सुपर स्टोरका मालिक मीनबहादुर गुरुङले नेकपा

गौरीशंकर गाउँपालिकाको उपचुनाव : उपाध्यक्षमा भिड्दै पाँच दलका पाँच महिला

दोलखा– आगामी मंसिर १६ गते रिक्त रहेको स्थानीय तहहरूमा उपनिर्वाचन

रुसी आक्रमणपछि युक्रेनद्वारा हवाई सतर्कता जारी

एजेन्सी– देशको दक्षिणी भागमा रुसी आक्रमणबाट छ जनाको मृत्यु भएपछि

शंखधर साख्वाबाट प्रेरणा लिनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय

यात्रुसँग दोब्बर भाडा असुल्दै वीरगञ्जका सार्वजनिक यातायात 

वीरगञ्ज– छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर