‘भुल भुलैया २’को क्लाइमेक्समा कार्तिकको बोली रोकिएपछि… « Khabarhub

‘भुल भुलैया २’को क्लाइमेक्समा कार्तिकको बोली रोकिएपछि…


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अनिज बाजमी निर्देशित कमेडी हरर फिल्म ‘भूल भूलैया २’को छायांकन पुरा भएको छ । तर फिल्मको क्लाइमेक्स निकै तनावपूर्ण तरिकाले पुरा भएको छ ।

कोभिड महामारीपछि जारी गरिएको लकडाउनका कारण रोकिएको फिल्मको बाँकी काम कोभिड केही सामान्य भएपछि सुरु भएको थियो । फिल्मको सुटिङ जति रमाइलो किसिमले सुरु भयो, त्यसको समापन केही नरमाइलो र तनावपूर्ण किसिमले भयो ।

फिल्म स्रोतका अनुसार क्लाइमेक्समा अभिनेता कार्तिक आर्यन र अभिनेत्री तब्बुको दृश्य खिचिएको थियो । ‘कमेडी र द्वन्द्व भएको यो फिल्मको क्लाइमेक्समा कार्तिकले चिच्याउने दृश्य छ । कार्तिक चिच्याउने दृश्य खिच्ने तयारी भइरहँदा कार्तिकको बाेली बन्द भयो । यो निकै डरमर्दो अवस्था थियो । सुटिङ सेटमा सबैजना अत्तालिएका थिए’, स्रोतले भनेको छ ।

कार्तिकको आवाज बन्द भएपछि फिल्म युनिटले मेडिकल टिमलाई तुरुन्तै बोलाएको थियो । चिकित्सकको उपचार पछि उनको बाेली खुलेको थियो । चिकित्सकले कार्तिकको बाेलीमा धेरै समस्या नरहे पनि उनलाई केही समय आरामको आवश्यकता रहेको बताएका थिए ।

निर्देशक बाजमीले आफ्नो करियरमा बिर्सनै नसक्ने घटना भएको बताएका छन् । सन् २००७ को फिल्म ‘भूल भूलैया’को क्लाइमेक्स दृश्यमा पनि यस्तै घटना भएको थियो । विद्या वालनको नृत्य खिचिएको क्लाइमेक्स दृश्यमा उनी बेहोस् भएकी थिइन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ५४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान