७४ हजार चार सयले पाए तेह्रथुम पावरको आईपीओ « Khabarhub

७४ हजार चार सयले पाए तेह्रथुम पावरको आईपीओ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार शुक्रबार शेयर बाँडफाँट भएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदकहरूमध्ये ७४ हजार चार सयजनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता शेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ । त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

कम्पनीले ९ देखि १३ भदौसम्म आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता शेयर निष्कासन गरेको थियो । हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ निष्कासनपश्चात चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : १० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार