अब हाम्रोपात्रोको न्यूज र क्यालेन्डर विजेट आईओएसमा, कसरी प्रयोग गर्ने ? | Khabarhub Khabarhub

अब हाम्रोपात्रोको न्यूज र क्यालेन्डर विजेट आईओएसमा, कसरी प्रयोग गर्ने ?


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि न्यूज र क्यालेन्डर विजेट सार्वजनिक गरेको छ ।

एपले शक्रुबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’का साथै नयाँ न्यूज विजेट’ समेत ल्याएको हो ।

यससँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रुपमा समाचार र तिथि मितिको अपडटे लिन सक्ने हाम्रोपात्रोले जनाएको छ । क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो । तर यस पटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइनमा ल्याइएको जनाइएको छ ।

प्रयोगकर्ताले क्यालेन्डर विजेटका लागि तीन ओटा विकल्प पाउनेछन्। जसमा चाडपर्व तथा विशषे दिन, बार मिति,मौसम सहितको पात्रो भएको ठूलो क्यालेन्डर विजेट, सम्बन्धित एक महिनाको पात्रोमा मिति,बार,तिथि र मौसम देखिने मध्यम विजेट र सम्बन्धित दिनको मिति , बार, तिथि र मौसमको जानकारी मात्र देखिने सानो विजेट मध्येबाट रोज्न सकिनेछ ।

त्यस्तै न्यूजतर्फ एक मात्र समाचार देखिने सानो विजेट र चार ओटा समाचार देखिने ठूलो विजेट गरी दुईवटा विकल्प रहेका छन् ।

समाचार विजेटमा विभिन्न न्यूज पोर्टलमा प्रकाशित पछिल्ला समाचारहरूको अपडटे प्राप्त गर्न सकिनेछ । उपलब्ध विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजता अनसुार मिलाएर राख्ने सुविधा समेत रहेको जनाइएको छ ।

कसरी प्रयोग गर्ने ?

● यसका लागि शुरुमा आफ्नो आईफोनको होमस्क्रिनको खाली भागमा केही लामो समय थिच्नहुोस्।

● यति गरेसँगै स्क्रिनको माथि बायाँ कुनामा प्लस आइकन ९.० देखिनेछ, त्यसमा दबाउनहुोस्। अब स्क्रोल गर्दै हाम्रोपात्रो एप छनोट गर्नुहर्नुोस्।

● त्यहाँ तपाईंले हाम्रोपात्रोका सबै विजेट देख्न सक्नहुनेछ । जसमध्येआफूलाई मन परेको विजेट रोजेर तल रहेको ‘एड विजेट’ बटनमा दबाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ०८ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै