कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रीयबाहेक अन्य अधिवेशनको कार्यतालिका परिवर्तन « Khabarhub

कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रीयबाहेक अन्य अधिवेशनको कार्यतालिका परिवर्तन


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसअघि तय भएअनुसार भदौ २३ भित्र वडा अधिवेशन सम्पन्न हुन नसकेपछि कांग्रेसको महाधिवेशन र क्षेत्रीय अधिवेशनको मितिबाहेक अन्य सबै तहका अधिवेशनको कार्यतालिका परिवर्तन गरिएको छ ।

पार्टीको केन्द्रीय कार्य समितिले निर्वाचन समितिलाई स्थानीय तहको अधिवेशनको मिति हेरफेर गर्न सक्ने अधिकार प्रत्यायोजन गरेर अनुसार निर्वाचन समितिले कार्यतालिका हेरफेर गर्ने महामन्त्री पूर्णबहादुर खड्काले खबरहबलाई जानकारी दिए । उनले निर्वाचन समितिले शुक्रबार नै नयाँ कार्यतालिका सार्वजनिक गर्ने बताए ।

स्रोतका अनुसार शुक्रबार कांग्रेस पदाधिकारीको बैठकमा स्थानीय तहको अधिवेशनको मिति परिवर्तन गर्ने विषयमा सहमति भएको छ । सोही सहमति अनुसार केन्द्र र क्षेत्रबाहेक वडा, स्थानीय तह र जिल्ला अधिवेशनको कार्यतालिका परिवर्तन गरिएको छ ।

नयाँ कार्यतालिका अनुसार यही भदौ २७ लागि तोकिएको स्थानीय तहको अधिवेशन असोज ९ गते हुने भएको छ । यस्तै १ असोजमा हुने भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ मा र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १५ असोजमा हुनेछ । यस्तै एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन हुनेछ ।

यस्तै वडा अधिवेशन हुन नसकेका २० जिल्लामा वडा अधिवेशन असोज ५ गते हुनेछ । शुक्रबार विवादका बीच सभापति शेरबहादुर देउवाको गृह जिल्लामा शुक्रबार वडा अधिवेशन भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार डडेल्धुरामा भएको वडा अधिवेशनप्रति आपत्ति प्रकट गरेका छन् । त्यसैको विरोध स्वरुप शुक्रबार भएको पदाधिकारी बैठकमा पौडेल सहभागी भएनन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : २० बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले