कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रीयबाहेक अन्य अधिवेशनको कार्यतालिका परिवर्तन | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रीयबाहेक अन्य अधिवेशनको कार्यतालिका परिवर्तन


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसअघि तय भएअनुसार भदौ २३ भित्र वडा अधिवेशन सम्पन्न हुन नसकेपछि कांग्रेसको महाधिवेशन र क्षेत्रीय अधिवेशनको मितिबाहेक अन्य सबै तहका अधिवेशनको कार्यतालिका परिवर्तन गरिएको छ ।

पार्टीको केन्द्रीय कार्य समितिले निर्वाचन समितिलाई स्थानीय तहको अधिवेशनको मिति हेरफेर गर्न सक्ने अधिकार प्रत्यायोजन गरेर अनुसार निर्वाचन समितिले कार्यतालिका हेरफेर गर्ने महामन्त्री पूर्णबहादुर खड्काले खबरहबलाई जानकारी दिए । उनले निर्वाचन समितिले शुक्रबार नै नयाँ कार्यतालिका सार्वजनिक गर्ने बताए ।

स्रोतका अनुसार शुक्रबार कांग्रेस पदाधिकारीको बैठकमा स्थानीय तहको अधिवेशनको मिति परिवर्तन गर्ने विषयमा सहमति भएको छ । सोही सहमति अनुसार केन्द्र र क्षेत्रबाहेक वडा, स्थानीय तह र जिल्ला अधिवेशनको कार्यतालिका परिवर्तन गरिएको छ ।

नयाँ कार्यतालिका अनुसार यही भदौ २७ लागि तोकिएको स्थानीय तहको अधिवेशन असोज ९ गते हुने भएको छ । यस्तै १ असोजमा हुने भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ मा र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १५ असोजमा हुनेछ । यस्तै एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन हुनेछ ।

यस्तै वडा अधिवेशन हुन नसकेका २० जिल्लामा वडा अधिवेशन असोज ५ गते हुनेछ । शुक्रबार विवादका बीच सभापति शेरबहादुर देउवाको गृह जिल्लामा शुक्रबार वडा अधिवेशन भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार डडेल्धुरामा भएको वडा अधिवेशनप्रति आपत्ति प्रकट गरेका छन् । त्यसैको विरोध स्वरुप शुक्रबार भएको पदाधिकारी बैठकमा पौडेल सहभागी भएनन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : २० बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न