सरकारले संशोधित बजेट ल्याउन हतार गरेको एमाले नेता पाण्डेको प्रतिक्रिया « Khabarhub

सरकारले संशोधित बजेट ल्याउन हतार गरेको एमाले नेता पाण्डेको प्रतिक्रिया


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रतिपक्षीसँग छलफल नगरी हतारमा सरकारले संशोधित बजेट ल्याएको बताए । सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने भएपछि सरकारले त्यसो गर्न नखोजेको उनको भनाइ थियो ।

त्यस्तै एमाले सांसद गोकुल बाँस्कोटाले सरकारले प्रतिपक्षीलाई जानकारी नै नदिई संशोधित बजेट ल्याएको र कार्यसूची समेत हेर्न नदिएको बताए । उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकाबाट चूकेको बताए ।

संशोधित बजेट पेश गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संवैधानिक व्यवस्था अनुसार संशोधित बजेट ल्याएको बताए ।

उनले बजेटमा राखिएको अनावश्यक बजेट मात्र कटौती गरिएको जानकारी दिए । उनले योजना बनाएर संशोधित बजेट कार्यान्वयन गर्ने बताए । प्रतिपक्षीसँग पनि छलफल गरेर अध्यादेश अघि बढाउन चाहे पनि बिविध कारण हुन नसकेको उनले बताए ।

शुक्रबार एमालेको बिरोधकाबीच अर्थमन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ५५ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक