पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले बताए । मकालु गाउँपालिका र भोटखोला गाउँपालिको सीमा मकालु–३ हाइटारमा खसेको पहिरो हटाउन पहल भइरहेको पौडेलको भनाइ छ ।

‘अहिले पनि त्यस क्षेत्रमा पहिरो निरन्तर खसिरहेको छ । जसले गर्दा पहिरो हटाउन समस्या छ । पहिरो हटाउन अझै केही दिन लाग्नसक्छु,’ उनले भने । दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले पहिरो हटाउन तीन वटा स्काभेटरको प्रयोग गरिएको जानकारी दिए । उनले पहिरो खस्ने क्रम अझै नरोकिएकाले समस्या भइरहेको बताए ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगको सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म मात्र पुग्ने गरेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’