चार शहरमा एकैपटक महिन्द्रा सवारीसाधनका रिकन्डिसन शोरूम उद्घाटन | Khabarhub Khabarhub

चार शहरमा एकैपटक महिन्द्रा सवारीसाधनका रिकन्डिसन शोरूम उद्घाटन


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधनहरूका बिक्री, सेवा र स्पेयर पार्ट्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूमको चार फरक स्थान काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकै साथ उद्घाटन गरेको छ।

कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको छ ।

नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलो पटक हो।

अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् ।

बिक्री, सेवा र स्पेयर पाटर््स सुविधाहरूका साथ यस प्रमाणीकरणयुक्त सवारी साधनहरू (सर्टिफाइड युज्ड भेहिकल्स) स्थापनाको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई थप सुविधाजनक र किफायती बनाएर प्रमाणीकरणयुक्त महिन्द्रा सवारी साधनहरू र यसका गुणस्तरीय सेवाहरूमा पहुँचको थप सुविधा प्रदान गर्नु हो।

अहिलेका लागि विशेष रुपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित रहने छ ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठले आजका दिनमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरू विश्वभरि लोकप्रिय रहेकोले यो नेपालमा पहिलो पटक यस्तो अवधारणा ल्याइएको बताए।

‘हामीले बेच्ने सवारीहरू प्रयोग भइसकेका भए पनि हामी यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौँ’, उनले भने, ‘यस्ता ग्राहकहरूले प्रयोग भइसकेका सवारी साधनहरू २०० चेकप्वाइन्ट निरीक्षणसहित १२/७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री (एक्सेसरिज), बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधासहित पाउन सक्नु हुनेछ।’

प्रयोग गरिएको कारले निश्चित रूपले पैसा पनि बचाउने र ग्राहकहरूले आफूले चलाइरहेको वर्ग (सेग्मेन्ट)का सवारीसाधनहरूलाई सुस्त मूल्यह्रास (डिप्रिसियसन)को तनावबाट मुक्त भइ स्तरवृद्धि गर्न सक्ने कम्पनीले जनाएको छ।

‘हामीसँग धेरै रिकन्डिसन सेन्टरहरू र डिलरहरू छन् जसले देशमा प्रयोग भइसकेका सवारी साधनहरू खरिद तथा बिक्री गर्छन् तर हामीले बहुमूल्य ग्राहकहरूको पीडा देखेका र महसुस गरेका छौँ’, उनले भने, ‘जब उनीहरूसँग सक्कली सर्भिस सेन्टरहरू छैनन्, जहाँ उहाँहरूले प्रयोग गरेको सवारीहरू खरिद गरेपछि विश्वास गर्न सक्छन् । तर, अग्नि आस्था आफ्ना ग्राहकहरुका लागि एकल विन्दु समाधानको रूपमा आएको छ।’

कुनै पनि प्रयोग भइसकेका सवारी साधन बिक्री गर्नुभन्दा अघि अग्नि आस्थाले सवारीहरूलाई मल्टीप्वाइन्ट निरीक्षणका साथ प्रमाणीकरण गर्ने कुरा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

जहाँ कम्पनीका प्रशिक्षित प्रमाणिकरणयुक्त महिन्द्रा प्राविधिकहरूले सयौं भाग र प्रणालीहरूमा जाँच गर्छन् ताकि तिनले न्यूनतम आवश्यकताहरू पूरा गरुन् तथा सक्कली महिन्द्रा स्पेयर पाट्र्स र एक्सेसरिजका साथै बिक्रीपछिको सेवा पनि प्रदान गरिनेछ।

अब ग्राहकहरू महिन्द्रा सवारी साधनहरू वेबसाइटमार्फत किनबेच गर्न सक्ने कम्पनीको भनाइ छ। विशेष गरी पहिलो पटक किन्ने/चलाउनेहरूको लागि, प्रयोग गरिएको खरीद गर्नु एकै पटक बढी व्यावहारिक र सस्तो हुन्छ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ५२ बजे

साइबर ब्यूरोले अदालत लग्यो दुर्गा प्रसाईंलाई (तस्बिरहरू)

काठमाडौं– बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित उनको

संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी अनुचित : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४

भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस्

काठमाडौं-बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरी भक्तपुरको ठिमीस्थित उनको

कांग्रेसको व्यावसायिक सिप विकास विभागमा १० सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसको व्यावसायिक सिप विकास विभागमा सदस्यहरू मनोनीत भएका