रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती « Khabarhub

रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको र हिमाली दृश्यावलोकनका लागि आन्तरिक पर्यटकसमेत आउनेक्रम बढ्दै गएकाले पूर्वसावधानी अपनाउँदै सुरक्षा व्यवस्था मजबुत पारिएको हो ।

गाउँ क्षेत्रको गस्तीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलसमेत संयुक्तरूपमा परिचालन गरिएको छ । करिब ४४ हजार जनसङ्ख्या रहेको जिल्लामा नियमित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले गाउँ तथा राजमार्गसमेतका १४ स्थानमा सुरक्षा युनिट राखेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

दक्षिणी भेगको पारच्याङ, कालिकास्थान, बेत्रावती, डाँडागाउँ, हाकु, मैलुङ, ग्राङ, उत्तरी भेकको धुञ्चे, स्याफ्रुबेँसी, थाम्बुचेत, थुमन, टिमुरे, रसुवागढी तथा लाङ्टाङ क्षेत्रमा प्रहरी इकाइ छन् ।

कोभिड–१९ को प्रभाव कम भएसँगै पर्यटकीय क्षेत्र लाङ्टाङ एवं भगवान शङ्कर  विराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्ड जाने भक्तजन तथा आन्तरिक पर्यटकसमेत ओहरदोहर हुन थालेकाले स्याफ्रुबेँसीमा तैनाथ पर्यटन प्रहरीले आफ्ना नियमित गस्ती सुरू गरेका छन् ।

चाडपर्वका अवसरमा जिल्लास्थित सरकारी तथा गैर सरकारी स्वामित्वमा रहेका कार्यालयका भौतिक सम्पत्तिको सुरक्षाका लागि पाले पहराको व्यवस्था मिलाइ बिदाका समयमा बाह्य व्यक्तिलाई कार्यालयको हातामा प्रवेश निषेध गराउने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई प्रहरीले अनुरोध गरेको छ ।

मानिसको जनघनत्व बढेपछि झैझगडा तथा चोरीसमेतका कार्य हुनसक्ने सम्भावनाप्रति सजक रही त्यस्ता अवाञ्छित घटना हुनसक्ने सम्भावना देखिएमा गस्तीमा रहेका सुरक्षाकर्मी तथा नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१०५४०१९९ र प्रहरी प्रमुखको मोबाइल नं ९८५१२७५५५५ मा खबर गरी सुरक्षा व्यवस्था स्थिर राख्ने कार्यमा सहयोग गरिदिन प्रहरीले सबै पक्षसँग आग्रह गरेको छ ।

मान्यजनबाट टीका थाप्न जानेक्रममा यात्रा गर्दा महँगोखाले गरगहना नलगाउँ र साथीको साथमा मात्र हिँडडुल गर्न सम्पूर्ण रसुवाका बासिन्दामाझ आग्रह गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : २५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको