साफ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित « Khabarhub

साफ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतसँग नेपाल १-० गोल अन्तरले पराजित भएको हो । भारतको जितका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा केही सुनौला अवसर बनाए पनि गोल गर्न सकेन । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ११ : ४१ बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर