आमाको दोस्रो विवाह गराएर बालकले भने, ‘मेरी मम्मीलाई चुम्बन गर्नुहोस्’ « Khabarhub

आमाको दोस्रो विवाह गराएर बालकले भने, ‘मेरी मम्मीलाई चुम्बन गर्नुहोस्’


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समय अनुसार बदलिनु पर्दछ भन्ने कथन सुन्नु भएको होला । यसैका कैयौँ उदाहरण अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा समेत देख्न सकिन्छ । इन्स्टाग्राममा भाइरल एक विवाहको
तस्बिर तथा भिडियोले यही कथनलाई चरितार्थ गरेको छ ।

समाजमा दोस्रो विवाहलाई प्रोत्साहित गरेको पाइँदैन । जसका कारण डिर्भाेस भएका वा पार्टनरको मृत्यु भएका व्यक्तिले अर्काे विवाह गर्ने सोच बनाउँदैनन् । तर एक बालकले भने आफ्नो एकल महिलाको रुपमा रहदै आएकी आफ्नी आमाको विवाह गराएका छन् ।

ती बालकले आफ्नी आमाको दोस्रो विवाह गराएर आमासहित आफूले अभिभावक पाएको र यसले दुबैमा खुसी दिने बताएका छन् । भिडियोमा, चर्चका फादर जस्तै ती बालकले माइकमा विवाह सम्पन्न भएको खबर सुनाए र क्रिश्चियन समुदायमा विवाह पछि हुने बेहुला बेहुलीबिचको चुम्बनको रीतिरिवाज समेत गर्न लाउँदै आमाको दोस्रो विवाह गराए ।

यो विवाह कहाँको हो, र विवाह गर्नेहरू को हुन् भन्ने खुलेको छैन । तथापि भिडियोलाई धेरैले मन पराएका छन् । साथै धेरैले बालकको सह्राना गर्दै भिडियोलाई सकारात्मक मानेको प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् भिडियोसहित

 

 

View this post on Instagram

 

A post shared by UnShaadi (@unshaadi)

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : १५ बजे

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा