गान्धी बच्चैदेखि अहिंसाको बाटोमा : एक प्रेरक प्रसङ्ग « Khabarhub

गान्धी बच्चैदेखि अहिंसाको बाटोमा : एक प्रेरक प्रसङ्ग


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोहनदास करमचन्द (महात्मा गान्धी) लाई बाल्यकालमा रुख चढ्ने शौक थियो । एक पटक उनको दाइले उनी रुखमा चढेको देखे र खुट्टा समाएर तल झारिदिए । उनी रुँदै घर फर्किए ।

‘आमा दाइले मलाई कुट्यो’ उनले गुनासो पोखे ।

उसो भए तँ पनि उसलाई कुट । आमाले उनलाई भनिदिइन् ।

हैन आमा म उसलाई कुट्दिनँ । तपाईं पिट्नेलाई त पिट्न सक्नुहुन्न, पिटाइ खानेलाई पिट्न सिकाउनुहुन्छ ।

आमा उनको कुरा सुनेर आश्चर्यचकित भइन् ।

तैँले यस्तो  जवाफ कहाँबाट सिकिस् ? कसले सिकाउँछ तँलाई यस्ता कुरा ? यसो भन्दै उनले छोरालाई काखमा राखिन् ।
उनी बालक नै मोहनदास करमचन्द थिए, जसले अहिंसाको बाटो अपनाएर भारतलाई स्वतन्त्र बनाएका थिए ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ५३ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७