जित्न चाहनेले पहिले उद्देश्य तय गर्नुहोस् « Khabarhub

जित्न चाहनेले पहिले उद्देश्य तय गर्नुहोस्


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाईं उद्देश्य तय गर्नुहुन्न भने तपाईंले सफल हुन वा प्रमोशन पाउन लगभग असम्भव छ ।
उद्देश्यले तपाईंको कामको प्रेश्किप्शनको महत्वपूर्ण तत्वको रुपरेखा बताउँदछ । मानिलिनुहोस्, तपाईंले कुनै मिटिङमा जानुछ । सबैले मिटिङलाई घृणा गर्दछन् । त्यो सबैलाई निरर्थक लाग्छ ।

कहिलेकाहीँ त हानीकारक पनि हुन्छ तथा बहसको अन्त्यहीन स्रोत बन्छ । एकाउन्टस्को व्यक्ति पनि त्यस मिटिङमा सामेल हुन्छ । तपाईंलाई फाल्ने सफल कोशिस गर्दछन् । तपाईं अन्त्यमा एग्जिविशन स्टैंडको बजेटमा कुरा गर्न लाग्नुहुनेछ, जबकि यो अझै छ महिना टाढा छ । तपाईंले यो वर्ष त्यसमा भाग लिनुहुन्छ या हुन्न भन्ने निर्णय पनि भएको छैन । यी सारा कुराबाट बच्नको लागि आफ्नो एक उद्देश्य तय गर्नुहोस्—

म यस मिटिङमा केवल त्यही मुद्दामा बोल्नेछु, जे म जान्दछु तथा बुझ्छु र जुन मेरो लागि प्रासङ्गिक छ । एकाउन्टस्को व्यक्तिले चाहे जति उक्साओस्, म यसपटक उसको जालमा फस्नेछैन ।

मानिलिनुहोस्, तपाईंले फाइनैस कमिटीको अगाडि एक रिपोर्ट पेश गर्नु छ । हेड अफिसको नयाँ भवनको अगाडि जंगली फूलको बगैँचा बनाउने योजना छ । तपाईंले त्यसको लागतको रिपोर्ट पेश गर्नुछ । फाइनैंस कमिटीले घण्टौँसम्म महत्वहीन विषयमा कुरा गर्न सक्छ जस्तो कि आक्सआईको फूल राम्रो हुन्छ या मार्श बटरकासको । तपाईंले तिनको सामुन्ने बीज आदिको लागत आदि पेश गर्न आवश्यक छ । तपाईंले यी छुटपुट कुरामा अल्झिने आवश्यक छैन कुन फूल वसन्तमा सबैभन्दा आकर्षक हुन्छ आदि । यसकारण आफ्नो एक उद्देश्य तय गर्नुहोस्ः

म आफ्नो रिपोर्ट पेश गर्नेछु । जब टिप्पणी पूरा हुनेछ तब त्यहाँबाट उठेर आउनेछु । यही कमिटी निरर्थक मामिलामा बहस गर्दछ, जसको मसित कुनै सरोकार छैन । म यो कुरा बताएर त्यहाँबाट जानेछु ।

आफ्नो कामकाजी जीवनको प्रत्येक क्षेत्रको लागि एक उद्देश्य अवश्य तय गर्नुहोस् । यसलाई तय गर्नमा केवल केही समय लाग्छ, तर त्यसले यी चीजलाई रेखाङ्कित गर्नमा मद्दत गर्दछः
– के गलत छ ।
– जे गलत छ, त्यसको समाधान ।
– जे गलत छ, त्यसलाई सुधार्नको लागि गरिने काम ।
– समस्यालाई दोस्रो पटक पैदा हुनुबाट रोक्ने उपाय ।
साभारः ‘तपाईंका जीत’ पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १ : ५५ बजे

वेस्ट इन्डिजसँगको तयारीमा नेपाल (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली

प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा

काठमाडौं– प्रणय दिवसका अवसरमा शनिबार अधिकांश युवायुवती प्रेमी–प्रेमिकासँग रमाइरहेका बेला

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

एजेन्सी– प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन– सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति

प्रचण्डबाट शान्तियात्रा तय गर्ने तत्कालीन माओवादीको ऐतिहासिक बैठकस्थल चुनबाङ भ्रमण

रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन