प्रियंकालाई औंठी दिन स्टोर बिक्री « Khabarhub

प्रियंकालाई औंठी दिन स्टोर बिक्री


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– प्रियंका चोपडा बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी छन् । ‘देशी गर्ल’का रुपमा परिचित प्रियंकाले हलिउड पुगेपछि सफलता मात्र पाइनन्, उनले जीवनसाथी निक जोनस पनि पाइन् ।

प्रियंका प्रायः सामाजिक सञ्जालमा पति निकसँगको कैयौं तस्वीर र भिडियो शेयर गरिरहन्छिन् । हालैमात्र प्रियंकाले हलिउडका मिडियासँगको कुराकानीमा आफ्नो सबैभन्दा प्रिय र महंगो वस्तुको बारेमा बताइन् ।

प्रियंकाका अनुसार उनको जीवनको सबैभन्दा प्रिय वस्तु अहिले उनका पति निकले दिएको इन्गेजमेन्ट औंठी रहेको छ । ‘मैले यसो भनिनँ भने निकले मलाई मार्छन् । तर म आफ्नो गहनाको मामलामा भावुक छु । मेरो इन्गेजमेन्टको औंठीले मलाई बितेका दिनको सम्झना गराउँछ,’ प्रियंकाले भनेकी छन् । प्रियंका र निकले सन् २०१८ मा विवाह गरेका थिए ।

प्रियंका र निकको इन्गेजमेन्टको समयमा उनको औंठीको चर्चा निकै भएको थियो । समाचार अनुसार प्रियंकालाई इन्गेजमेन्टको औंठी दिनका लागि निकले आफ्नो एक स्टोर नै बेचेका थिए । यो औंठीको मूल्य करिब २ लाख डलर थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : १८ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती