बुर्ज खलिफाको टुप्पोमा पुगे विल स्मिथ « Khabarhub

बुर्ज खलिफाको टुप्पोमा पुगे विल स्मिथ


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई(अमर उजाला)– बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो भवन हो । जहाँ जोकोही पुग्न चाहन्छन् । तर यो भवनको टुप्पोमा पुग्नु भने जोकोहीका लागि कठिन विषय हो ।

तर हलिउड अभिनेता विल स्मिथले भने यो काम पुरा गरेका छन् । हालैमात्र विल बुर्ज खलिफाको टुप्पोमा पुगेका छन् । जसको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

समाचारअनुसार विलले एक युट्युब च्यानलका लागि यो काम गरेका हुन् । च्यानलको शो ‘बेस्ट शेप अफ माई लाइफ’को एक एपिसोडका लागि विल बुर्ज खलिफाको टुप्पोमा पुगेका हुन् । यसका लागि उनी लसएञ्जल्सबाट दुबई पुगेका थिए ।

बुर्ज खलिफाको भवन १६० तलाको छ र यसको उचाइ २ हजार ७२२ फिटको छ । अभिनेतालाई यो भवनमा चढ्नका लागि करिब १ घण्टा १५ मिनेट लागेको थियो । भिडियो बनाउनकै लागि झण्डै ५ घण्टा समय लागेको थियो ।

तस्वीरमा भवनको टुप्पोमा पुगेर अभिनेताले दुवै हात फैलाएका छन् । विल अमेरिकी अभिनेतासँगै र्‍यापर र फिल्म निर्माता पनि हुन् । उनले ५ गोल्डेन ग्लोब अवार्ड र दुई एकेडेमी अवार्डका लागि मनोनयनमा परेका छन् । उनले चारवटा ग्रामी अवार्ड जितिसकेका छन् ।

विल भवनको टुप्पोमा पुग्ने पहिलो व्यक्ति भने होइनन् । केही समय अघि एक महिलाले भवनको टुप्पोमा उभिएर एक विज्ञापनको सुटिङ गरेकी थिइन् । ती महिलाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । ती महिलाको नाम निकोल स्मिथ–लुडविक हो । जो पेशाले स्काई डाइभिङ ट्रेनर हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : ४८ बजे

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट