बुर्ज खलिफाको टुप्पोमा पुगे विल स्मिथ « Khabarhub

बुर्ज खलिफाको टुप्पोमा पुगे विल स्मिथ


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई(अमर उजाला)– बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो भवन हो । जहाँ जोकोही पुग्न चाहन्छन् । तर यो भवनको टुप्पोमा पुग्नु भने जोकोहीका लागि कठिन विषय हो ।

तर हलिउड अभिनेता विल स्मिथले भने यो काम पुरा गरेका छन् । हालैमात्र विल बुर्ज खलिफाको टुप्पोमा पुगेका छन् । जसको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

समाचारअनुसार विलले एक युट्युब च्यानलका लागि यो काम गरेका हुन् । च्यानलको शो ‘बेस्ट शेप अफ माई लाइफ’को एक एपिसोडका लागि विल बुर्ज खलिफाको टुप्पोमा पुगेका हुन् । यसका लागि उनी लसएञ्जल्सबाट दुबई पुगेका थिए ।

बुर्ज खलिफाको भवन १६० तलाको छ र यसको उचाइ २ हजार ७२२ फिटको छ । अभिनेतालाई यो भवनमा चढ्नका लागि करिब १ घण्टा १५ मिनेट लागेको थियो । भिडियो बनाउनकै लागि झण्डै ५ घण्टा समय लागेको थियो ।

तस्वीरमा भवनको टुप्पोमा पुगेर अभिनेताले दुवै हात फैलाएका छन् । विल अमेरिकी अभिनेतासँगै र्‍यापर र फिल्म निर्माता पनि हुन् । उनले ५ गोल्डेन ग्लोब अवार्ड र दुई एकेडेमी अवार्डका लागि मनोनयनमा परेका छन् । उनले चारवटा ग्रामी अवार्ड जितिसकेका छन् ।

विल भवनको टुप्पोमा पुग्ने पहिलो व्यक्ति भने होइनन् । केही समय अघि एक महिलाले भवनको टुप्पोमा उभिएर एक विज्ञापनको सुटिङ गरेकी थिइन् । ती महिलाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । ती महिलाको नाम निकोल स्मिथ–लुडविक हो । जो पेशाले स्काई डाइभिङ ट्रेनर हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : ४८ बजे

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको

कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ