मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि « Khabarhub

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा यही कात्तिक २३ गते सम्पन्न भएको छ ।

क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा कमलादी, काठमाडौँमा भएको विशेष साधारणसभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

हकप्रद शेयर निष्काशनपछि क्यापिटलको पुँजि वृद्धि भई ४० करोड ५० लाख पुग्ने जनाइएको छ ।

मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिस्ट्रेशन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ ।

कम्पनीले चालु आर्थिक वर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु संचालन गर्ने योजना रहेको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी चालु आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना समेत रहेको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  २ : ५२ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि धमाधम काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा