एमालेले महाधिवेशनका लागि प्रत्येक संगठित सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने (भिडियो) « Khabarhub

एमालेले महाधिवेशनका लागि प्रत्येक संगठित सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने (भिडियो)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक संगठित सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ ।

बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक संगठित सदस्यबाट कम्तिमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले जानकारी दिए ।

हाल पार्टीमा ७ लाख ३० हजार संगठित सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोड भन्दा बढी जम्मा हुने उनले बताए । बैठकमा महाधिवेशन उपसमितिहरुले पेश गरेको कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको भट्टराईले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन मध्यान्ह १२ बजे चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ । उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट ५ लाख जनपरिचालन गर्ने योजना रहेको भट्टराईले जानकारी दिए ।

यही कात्तिक २७ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँद्रछ । १ हजार ९ सय ९९ प्रतिनिधि छनोट गर्ने र ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलव्ध गराउने उनले बताए।

महाविधेशन अन्तर्गत १० गते हुने उद्घाटन सत्रपछि ११ गते नै निर्वाचन प्रक्रिया सुरु हुने तथा १२ गते निर्वाचन मतपरिणाम आउने सचिव भट्टराईले बताए । महाधिवेशनका लागि यसपटक पोष्टर नटास्ने, भितेलेखन नगर्ने र डिजिटल माध्यमबाट प्रचार प्रसार गर्ने एमालेले जनाएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ५८ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र