एमालेले महाधिवेशनका लागि प्रत्येक संगठित सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने (भिडियो) « Khabarhub

एमालेले महाधिवेशनका लागि प्रत्येक संगठित सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने (भिडियो)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक संगठित सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ ।

बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक संगठित सदस्यबाट कम्तिमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले जानकारी दिए ।

हाल पार्टीमा ७ लाख ३० हजार संगठित सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोड भन्दा बढी जम्मा हुने उनले बताए । बैठकमा महाधिवेशन उपसमितिहरुले पेश गरेको कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको भट्टराईले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन मध्यान्ह १२ बजे चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ । उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट ५ लाख जनपरिचालन गर्ने योजना रहेको भट्टराईले जानकारी दिए ।

यही कात्तिक २७ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँद्रछ । १ हजार ९ सय ९९ प्रतिनिधि छनोट गर्ने र ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलव्ध गराउने उनले बताए।

महाविधेशन अन्तर्गत १० गते हुने उद्घाटन सत्रपछि ११ गते नै निर्वाचन प्रक्रिया सुरु हुने तथा १२ गते निर्वाचन मतपरिणाम आउने सचिव भट्टराईले बताए । महाधिवेशनका लागि यसपटक पोष्टर नटास्ने, भितेलेखन नगर्ने र डिजिटल माध्यमबाट प्रचार प्रसार गर्ने एमालेले जनाएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ५८ बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर