सय करोड क्लबमा ‘सूर्यवंशी’ « Khabarhub

सय करोड क्लबमा ‘सूर्यवंशी’


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो ।

अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई यो फिल्म प्रति ठूलो आशा रहिरहँदा उनीहरुको आशालाई फिल्मले सही साबित गरिदिएको छ ।

यो फिल्म रिलिजको छोटो समयमा नै सय करोड क्लबमा प्रवेश गर्ने फिल्ममध्ये एक बनेको छ । यो फिल्मले बक्सअफिसमा कैयौं रेकर्ड पनि कायम गरेको छ ।

यो फिल्म सन् २०२१ मा सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म बनेको छ । सय करोड क्लबमा प्रवेश भएको यो फिल्म अक्षयको १५ औं फिल्म बनेको छ । जबकी रोहित शेट्टीको ९ औं र कटरीना कैफको ८ औं फिल्म बनेको छ ।

कोभिड–१९ को प्रतिबन्धको नियमसँग भारतका केही मुख्य बजारका थिएटर ५० प्रतिशत अकुपेन्सीमा खोलेपछि पनि पूर्व–कोभिड समयको तुलनामा सय करोड क्लबमा प्रवेश गर्नु एउटा ऐतिहासिक उपलब्धि मानिएको छ । फिल्ममा अजय देवगन, कटरीना कैफ र रणवीर सि‌हकाे पनि अभिनय छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : ०७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका