सय करोड क्लबमा ‘सूर्यवंशी’ « Khabarhub

सय करोड क्लबमा ‘सूर्यवंशी’


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो ।

अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई यो फिल्म प्रति ठूलो आशा रहिरहँदा उनीहरुको आशालाई फिल्मले सही साबित गरिदिएको छ ।

यो फिल्म रिलिजको छोटो समयमा नै सय करोड क्लबमा प्रवेश गर्ने फिल्ममध्ये एक बनेको छ । यो फिल्मले बक्सअफिसमा कैयौं रेकर्ड पनि कायम गरेको छ ।

यो फिल्म सन् २०२१ मा सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म बनेको छ । सय करोड क्लबमा प्रवेश भएको यो फिल्म अक्षयको १५ औं फिल्म बनेको छ । जबकी रोहित शेट्टीको ९ औं र कटरीना कैफको ८ औं फिल्म बनेको छ ।

कोभिड–१९ को प्रतिबन्धको नियमसँग भारतका केही मुख्य बजारका थिएटर ५० प्रतिशत अकुपेन्सीमा खोलेपछि पनि पूर्व–कोभिड समयको तुलनामा सय करोड क्लबमा प्रवेश गर्नु एउटा ऐतिहासिक उपलब्धि मानिएको छ । फिल्ममा अजय देवगन, कटरीना कैफ र रणवीर सि‌हकाे पनि अभिनय छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : ०७ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि