युनेस्कोको ४१ औं महासभाको बैठकमा भाग लिन शिक्षामन्त्री फ्रान्स प्रस्थान « Khabarhub

युनेस्कोको ४१ औं महासभाको बैठकमा भाग लिन शिक्षामन्त्री फ्रान्स प्रस्थान


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बुधबार फ्रान्स प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार बेलुका फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् ।

१९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनिस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार ११ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

१२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षा मन्त्रीको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुनिक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा मन्त्री पौडेलले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतनलगायतका विषयमा छलफल गर्ने छन् ।

शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्कोका लागि नेपालका सहायक महासचिव डा बाबुराम अधिकारी सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ४९ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी