अफगानिस्तानबारे भारतद्वारा बहुराष्ट्रिय बैठक आयोजना « Khabarhub

अफगानिस्तानबारे भारतद्वारा बहुराष्ट्रिय बैठक आयोजना


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले बुधबार रुस, इरान र पाँच मध्य एसियाली देशका वरिष्ठ सुरक्षा अधिकारीहरू छलफल आयोजना गरेको छ । अफगानिस्तान मामिलामा राष्ट्रिय सुरक्षा सल्लाहाकार तहमा यो वार्ता गरिएको हो ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्थी र लागुऔषध ओसारपसारबाट उत्पन्न हुने खतरा र त्यहाँ आवश्यक मानवीय सहायताका बारेमा पनि छलफल गरेको बताइएको छ । यद्यपि यसबारे विस्तृत जानकारी भने बाहिर ल्याइएको छैन ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले इरान, कजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका सुरक्षा प्रमुखहरूलाई बैठकमा आमन्त्रित गरेका थिए। अफगान प्रतिनिधिहरूलाई भने निमन्त्रणा गरिएको थिएन। पाकिस्तान र चीनले भाग लिन अस्वीकार गरेका थिए । पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले गत हप्ता भारतलाई अफगानिस्तानमा शान्ति निर्माणकर्ता नभई बिगार्ने भनेर टिप्पणी गरेका थिए।

‘यो हामी बीचको घनिष्ठ परामर्शको समय हो,’ डोभालले बैठक अघि उद्घाटन कार्यक्रमा बताएका थिए । सो अवसरमा उनले यस छलफलले अफगानिस्तानका जनतालाई सहयोग पुग्ने र यस क्षेत्रको सामूहिक सुरक्षालाई सुदृढ गर्ने आशा व्यक्त गरेका छन्।

उच्च सुरक्षा अधिकारीहरूले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने अपेक्षा गरिएको थियो। बैठकको पहिलो दुई संस्करण सन् २०१८ र २०१९ मा इरानले आयोजना गरेको थियो।

भारतको विदेश मन्त्रालयका अधिकारीहरूले पाकिस्तानले बैठकमा भाग लिन अस्वीकार गर्नु ‘दुर्भाग्यपूर्ण, तर अचम्मको कुरा होइन’ भन्दै ‘अफगानिस्तानलाई आफ्नो संरक्षकको रूपमा हेर्ने उसको मानसिकतालाई झल्काउँछ’ भन्ने टिप्पणी गरेका छन्।

बैठकले यस क्षेत्रमा पाकिस्तानको बढ्दो प्रभावका बीच अफगानिस्तानमा आफ्नो रणनीतिक स्वार्थको रक्षा गर्ने भारतको प्रयासलाई जोड दिएको छ।

कट्टरपन्थी भारत र पाकिस्तान दुवैले लामो समयदेखि आफ्नो सुरक्षा स्वार्थ पूरा गर्न अफगानिस्तानमा प्रभाव पार्ने प्रयास गरिरहेका छन्।

भारतका नेताहरूलाई तालिबानले सत्तामा आउनुले पाकिस्तानलाई फाइदा पुर्‍याउने डर छ र विवादित क्षेत्र कश्मीरमा लामो समयदेखि उब्जिएको विद्रोहलाई बढावा दिने आकलन छ ।

अफगानिस्तानसँग नयाँ दिल्लीको सम्बन्ध निलम्बित जस्तै छ। अफगानिस्तानबाट अमेरिका फिर्ता हुनु अघि आफ्ना कर्मचारीहरूलाई बाहिर निकालेपछि काबुलमा यसको कुनै कूटनीतिक उपस्थिति छैन। यद्यपि यसले अगस्ट ३१ मा कतारमा तालिवान प्रतिनिधिसँग आफ्नो पहिलो औपचारिक बैठक भने गरेको थियो।

तालिबानले काबुल कब्जा गर्नु अघि भारतले अफगान सुरक्षा बलहरूलाई परिचालन तालिम र सैन्य उपकरणहरू उपलब्ध गराएको थियो तर त्यहाँको भूमिमा कुनै सेना भने उपस्थित थिएन । भारत अफगानिस्तानलाई यस क्षेत्रको सबैभन्दा ठूलो विकास सहायता प्रदायक पनि थियो। एएनआई

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ५२ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३