क्याटरीना र विक्की कौशलले गरे बिहे « Khabarhub

क्याटरीना र विक्की कौशलले गरे बिहे


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरीना कैफले बिहे गरेका छन् ।

यो जोडीले भारतको माधोपुरको सिक्स सेन्स पोर्ट बर्वारामा बिहीबार बिहे गरेका हुन् ।

भारतीय मिडियामा प्रसारित समाचार अनुसार यी दुईले बिहीवार स्थानीय समयअनुसार साँझ ५ बजे बिहे गरेका हुन् ।

यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।

विक्की र क्याटरीनालाई सामाजिक सञ्जालमार्फत फ्यानहरुले बधाई दिएका छन् ।

बलिउडमा केही समयदेखि विक्की र क्याटरीनाको बिहेको खबरले शीर्ष स्थान पाएको थियो । यी दुईको बिहेका बारे विभिन्न खबर बाहिरिएका थिए ।

बिहेमा क्याटरीनाले रातो लेहेंगा लगाएकी थिइन् भने विक्कीले सेतो शेरवानी लगाएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : २७ बजे

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी