सशस्त्र प्रहरीद्वारा दूईनाले बन्दुकसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

सशस्त्र प्रहरीद्वारा दूईनाले बन्दुकसहित तीन जना पक्राउ


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हुलाकीमार्गबाट सशस्त्र प्रहरीले दूईनाले बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको घोडाघोडी नगरपालिका बस्ने ५५ वर्षीय दयाराम चौधरी, ३५ वर्षीय अजय चौधरी र २९ वर्षीय तुलाराम चौधरी छन् ।

दुई वटा मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिम्मतपुरले सो बन्दुकमा प्रयोग हुने ८ वटा टोटा कार्टिजसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद बन्दुक तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : १६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस